पाँच दलिय सत्ता गठबन्धनको बैठक बस्दै, स्थानीय चुनावबारे सहमति जुट्ला ?

काठमाडौं । पाँच दलिय सत्ता गठबन्धनका दलहरुको बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ९ बजेका लागि बैठक बोलाइएको छ ।

बैठकको मुख्य एजेन्डा स्थानीय चुनावको मिति तय गर्ने रहेकाे छ । प्रमुख नेताहरुको फरक-फरक मत रहँदा सत्ता गठबन्धनले स्थानीय चुनावको मिति घोषणा गर्न सकेको छैन ।

स्थानीय तह निर्वाचन ऐन संशोधन नभएपछि निर्वाचन आयोगले ऐनको दायराभित्र चुनाव गराउन मिति घोषणा गर्न सरकारलाई दबाब दिइरहेको छ । स्थानीय तह निर्वाचन ऐनले निर्वाचनको दुई महिना अगावै निर्वाचनगरी कार्यभार सम्हालेकै दिन पद हस्तान्तरण गर्ने व्यवस्था गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच स्थानीय तहको निर्वाचनको मिति र ऐन संशोधनलगायत विषयमा छलफल भएको थियो ।

बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले शीतलनिवास बोलाएर भेट गरेपछि प्रधानमन्त्री देउवाले शुक्रबार गठबन्धनका शीर्ष नेताहरू माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग बालुवाटारमा छलफल गरेका थिए । प्रधानमन्त्रीसँगको भेटमा स्थानीय तहको निर्वाचनको मिति घोषणालाई लिएर राष्ट्रपति भण्डारीले पनि चासो राखेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..