विधानबाट राजसंस्था र हिन्दू राष्ट्र हटाउन भन्नु गैरसंवैधानिक : राप्रपा अध्यक्ष लिङ्देन


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले, पार्टीको विधानबाट राजसंस्था र सनातन हिन्दू राष्ट्र भन्ने शव्द हटाउन निर्वाचन आयोगले भन्नु नै गैरसंवैधानिक भएको जनाएको छ ।


राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचन आयोग नै संविधानको मर्म र भावना विपरीत गएको भन्दै आफूहरुले त्यही जवाफ लेखेर पठाउने बताए ।

आयोगले संविधानको प्रस्तावना र भावना प्रतिकूल भएको भन्दै राप्रपालाई विधानमा राजसंस्था र सनातन हिन्दू राष्ट्र भन्ने शव्द हटाउन पत्र पठाएको थियो । त्यसबारे छलफल गर्न अध्यक्ष लिङ्देनले आज पदाधिकारी बैठक बोलाएका छन् । दिउँसो एक बजे पार्टी कार्यालयमा बस्ने बैठकपछि आयोगलाई पत्र पठाउने उनले बताए ।


उनले अनलाइनखबरसँग कुरा गर्दै भने, ‘संविधानको कोट गरेर निर्वाचन आयोगले हामीलाई जुन प्रश्नहरु पठाएको छ त्यो नै गैरसंवैधानिक छ । किनभने संविधानमा सशस्त्र गतिविधि गर्ने राजनीतिक दल खोल्ने बाहेक वैचारिक आधारमा कुनै पनि दलहरुलाई प्रतिबन्ध लगाइने छैन भन्ने व्यवस्था छ । त्यसैले उसको प्रश्न नै संविधान विपरीत छ, संविधानको मर्म र भावना विपरीत छ । हामीले यो कुरा लेखेर पठाउँछौं ।’


यसअघि २०७३ साल फागुन ६ गतेदेखि १० गतेसम्म काठमाडौंमा आयोजित राप्रपाको एकता महाधिवेशनले पारित गरेको विधानमा उल्लेखित हिन्दू राष्ट्र एवं राजसंस्था सम्बन्धी वाक्यांशहरु हटाएर निर्वाचन आयोगले विधान प्रमाणित गरेको थियो ।


निर्वाचन आयोगले हालै माओवादी केन्द्रलाई पनि विधानमा रहेको ‘वर्ग संघर्ष’, ‘साम्यवाद’ जस्ता शब्द हटाउन निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..