नीति बाहिर गएर काम नगर्ने एसपी कार्कीको प्रतिबद्धता

भद्रपुर । सशस्त्र प्रहरी बल नम्बर २ गण झापाका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) प्रदीपसिंह कार्कीले सङ्गठनको नीति र कानुन बाहिर गएर काम नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । भर्खरै कैलालीबाट सरुवा भएर झापा आएका एसपी कार्कीले बिहीबार झापाली पत्रकारसँग गरेको संक्षिप्त परिचयमय कार्यक्रममा यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।


एसपी कार्कीले भारतसँग जोडिएको खुला नाकामा हुने आपराधिक क्रियाकलाप, सीमा सुरक्षा, चोरी तस्करी, लागु औषध ओसारपसारमा केन्द्रित भएर जिल्लामा काम गर्ने बताए ।

साथै तेस्रो लहरको कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि सीमामा तैनाथ सशस्त्र प्रहरीले कडाइ गर्नुका साथै जिम्मेवारी पूर्ण रुपमा पालना गर्ने उनले बताए । करिब तीन वर्ष अघि एसपी कार्की झापामा डिएसपी भएर जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..