कुटपिटबाट मृत्यु, कुटपिटमा संग्लग्न पक्राउ


संखुवासभा । संखुवासभाको खाँदवारी नगरपालिका-१ का ४० बर्षीय महेश राईको कुटपिटबाट मृत्यु भएको छ भने कुटपिटमा संग्लग्नलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुङदेल-३ खोटाङ घर भई सोही स्थानमा डेरा गरी बस्ने २८ बर्षीय शम्भु राई रहेका छन् ।

मृतक र अभियुक्त बिच पौष २६ गते राती बादबिबाद भएको र बादबिबादकै क्रममा शम्भु राईले कुटपिट गर्दा महेश राई घाईते भएका थिए । घाईते भएका राईको बुधवार बिहान मृत्यु भएको हो ।

घटनाबारे जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरी टोलीले अभियुक्तलाई पक्राउ गरेको छ । हत्याको आरोपमा पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..