सवारी दुर्घटनाबाट १ को मृत्यु १ जना घाईते


मोरङ । मोरङको उर्लाबारी नगरपालिका-८ स्थित भित्री सडक खण्डमा पिकअप भेनले मोटरसाईकललाई ठक्कर दिँदा १ जनाको मृत्यु र १ जना घाईते भएका छन् । मृत्यु हुनेमा दमक नगरपालिका-३ का २० बर्षिय मंगल सिंह राई रहेका छन् ।


हिजो राती ८ बजेको समयमा को. १७ प ८०७० नम्बरको मोटरसाईकललाई बिपरीत दिशाबाट आउँदै गरेको नम्बर नखुलेको पिकअप भेनले ठक्कर दिएको थियो । घाईते भएका मोटरसाईकल चालक झापा दमक-३ का १९ बर्षिय बिकाश घले र पछाडि सवार सोही स्थानका २० बर्षिय मगल सिंह राईको बि.एण्ड सि. अस्पताल बिर्तामोडमा उपचार भईरहेकोमा राईको मृत्यु भएको हो ।

घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय उर्लावारीवाट फरार सवारी साधनको खोज तलास तथा अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..