सवारी दुर्घटनाबाट १ को मृत्यु १ जना घाईते


मोरङ । मोरङको उर्लाबारी नगरपालिका-८ स्थित भित्री सडक खण्डमा पिकअप भेनले मोटरसाईकललाई ठक्कर दिँदा १ जनाको मृत्यु र १ जना घाईते भएका छन् । मृत्यु हुनेमा दमक नगरपालिका-३ का २० बर्षिय मंगल सिंह राई रहेका छन् ।


हिजो राती ८ बजेको समयमा को. १७ प ८०७० नम्बरको मोटरसाईकललाई बिपरीत दिशाबाट आउँदै गरेको नम्बर नखुलेको पिकअप भेनले ठक्कर दिएको थियो । घाईते भएका मोटरसाईकल चालक झापा दमक-३ का १९ बर्षिय बिकाश घले र पछाडि सवार सोही स्थानका २० बर्षिय मगल सिंह राईको बि.एण्ड सि. अस्पताल बिर्तामोडमा उपचार भईरहेकोमा राईको मृत्यु भएको हो ।

घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय उर्लावारीवाट फरार सवारी साधनको खोज तलास तथा अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..