भारतमा सुन चोरेर आएका नेपाली युवक एसपी चतुर्बेदीको नियन्त्रणमा

कञ्चनपुर । भारतमा दुई किलो सुन चोरेर आएका नेपालीलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बेलौरी नगरपालिका १ पटैया निवासी लालबहादुर शाही र विष्णु शाही छन् । बेंगलुरुका एक व्यवसायीको घरमा चोरी गरी दुई नेपाली फरार भएको सूचना केही दिनअघि कञ्चनपुर प्रहरीलाई भारतीय सुरक्षाकर्मीबाट आयो ।

सूचनापछि कञ्चनपुरका प्रहरी प्रमुख एसपी उमा चतुर्वेदीले ती दुई नेपालीको नाम, हुलियादेखि घरसम्म पत्ता लगाए । प्रहरीले पनि उनीहरु घर आएको थाहा पाउनासाथ घेरा हालिहाल्यो । उनीहरुको साथबाट डेल ल्यापटप १ थाप, एप्पल ल्यापटप ३ थान, भारु ४३ हजार दुई सय, हङकङ डलर ४०, थाइल्याण्ड भाट १ हजार २६०, अमेरिकी डल १ हजार पाँच सय, क्यानेडियन डलर २ हजार ८१०, मलेसिएन रिंगिट २३, सिंगापुर डलर १८, कतार रियाल १, दुबई दिराम १३० र चाइनिज युवान १६१ बरामद भएको छ ।
साथै सुनका गरगहना करिब २ किलो रहेको प्रहरीले जनाएको छ । यस्तै विभिन्न रंगका पथ्थरहरु १ केजी ९९ ग्राम बरामद भएको छ । उनीहरुलाई अहिले हिरासतमा राखेर कञ्चनपुर प्रहरीले थप अनुसन्धान गरिरहेको छ । एसपी चतुर्वेदीका अनुसार ती दुई जना १–डेढ वर्षदेखि बेंगलुरुका भारतीय व्यवसायीको घरमा काम गर्दै आएका थिए । घरको जिम्मा दिएर उनी बाहिर निस्कन थाले । त्यसपछि उनीहरुले चोरीको योजना बनाएको एसपी चतुर्वेदीले बताए ।
पछिल्लो समय ती व्यवसायी १५ दिनका लागि घरबाहिर गएका थिए । यही मौका पारेर दुई जनाले घरमा भएका सुनका गरगहनादेखि लाखौं रकम चोरी गरे । व्यवसायीकै गाडी लिएर मुम्बईसम्म आए । पक्राउ पर्ने सम्भावना भएकाले मुख्य नाका नभई चोर बाटोबाट नेपालस्थित घरसम्म पुगे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..