मानव बेचबिखन आरोपमा दुई महिला सिरहा प्रहरीको फन्दामा

सिरहा । मानव वेचबिखनको आरोपमा सिरहाबाट दुई महिला पक्राउ परेका छन् । दुई युवतीलाई भारततर्फ लग्ने क्रममा उनीहरुलाई सिरहाको नरहा नगरपालिका–३ स्थित पूर्वपश्चिम राजमार्गबाट पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सप्तरीको कञ्चनरुप नगरपालिका–११ बेंगरीकी २८ बर्षीया ललिता चौधरी र सिरहाको धनगढीमाई नगरपालिका–१ बाखैरकी ३५ बर्षीया उषा देवी मलाह रहेको प्रहरीले जनाएको छ ।

१९ र १६ बर्षकी दुई युवतीलाई भारततर्फ बेच्न लग्दै गर्दा उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।ती युवतीलाई लहान आश्रममा मासिक ५० हजार रुपैयाँको दरले काममा लगाइदिने भनी बोलाएको र लहान बोलाइसकेपछि यहाँभन्दा अझ राम्रो काम जनकपुरमा पाइन्छ भन्दै त्यसतर्फ लगिरहेका थिए ।

तर, सिरहा माडर छिर्ने चोहर्बा चोकमा ओरालेर माडरतर्फ लग्न खोज्ने क्रममा पक्राउ गरिएको प्रहरीको भनाइ छ । पक्राउ परेका दुवैजनालाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक हिरा बहादुर पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..