दाङ । दाङमा बिभिन्न मुद्धामा फरार रहेका तिन दर्जन बढिलाइ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले आफु आएको २५ दिनमा ४४ जना फरार अपराधी पक्राउ गरेको जानकारी दिए ।
उनले दिएको जानकारी अनुसार प्रहरीले ब्राउनसुगर ४८६ ग्राम सहित १९ जना, १४ मोटरसाईकल चोरी गर्ने १८ जना, २३ जना जुवाडे पक्राउ गरेको छ । त्यस्तै प्रहरीले रेडपान्डाको छाला सहित ३ जना,बढी भार बोक्ने १२० टिप्परलाई कारबाही,चरेश १० केजि सहित २ जना र बाघको छाला सहित २ जना पक्राउ गरि कारबाही गरेको एसपि काफ्लेले बताए ।


