धनुषाबाट कुख्यात डाँका पक्राउ

आलोक यादव / जनकपुरधाम । दुई नम्बर प्रदेशको प्रहरी प्रमुखमा डीआईजी उमेश रन्जितकार सरूवा भएर आएपछि तस्करी नियन्त्रण र फरार अभियुक्त पक्राउ अभियान चालेका छन ।

यसै क्रममा एक फरार अभियुक्तलाई दुई नम्बर प्रदेश प्रहरी कार्यालयबाट खटिएको सादा पाेशाककाे प्रहरी टाेलीले पक्राउ गरेको छ।२०७७ साल चैत ३० गते सांझ ७ बजेको समयमा सिराहाकाे लाहान नगरपालिका ७ स्थित सुनचाँदी व्यवसायी राजेश सारडाकाे घरमा हतियारधारी डांकाकाे समूह प्रवेश गरि उनका बुबा भगिरथ सारडा र परिवारका सदस्यको कन्चटमा पेस्तोल तेर्साएर सुनचाँदी लुटपाट गरि फरार रहेका कुख्यात डांका मध्येका एकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनुषा विदेह नगरपालिका ४ ठाडी बस्ने चन्दन पाशवान छन ।फरार पाशवानलाई गत १२ गते मंगलबार इप्रका खजुरी र प्रहरी चाैकी ठाडिझिझाका असईकाे कमान्डमा खटिएको संयुक्त टाेलीले घरमा लुकिछिपी बसेकाे अवस्थामा नियन्त्रणमा लिएर आवश्यक कारवाहीकाे लागि इप्रका लाहान पठाएको थाहा भएको छ।

स्मरण रहाेस कि रूपन्देहीकाे चिन्हिया ६ स्थित फत्ते सिंह राणा र उत्तम कुमार श्रेष्ठको घरमा २०६७ साउन २९ गते डांका मारेको केशमा पनि चन्दन पाशवान संलग्न भएको र पक्राउ गरेर कारवाही भएको अपराधी हुन ।

यसबाहेक निज पाशवान महाेत्तरीका धेरै डकैती काण्डमा पनि संलग्न रही बारम्बार पक्राउ परि कारवाहीमा परेका अभियुक्त हुन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..