हात्तीको दाह्रासहित तीन जना पर्यो बारा प्रहरीको फन्दामा

बारा। बाराबाट प्रहरीले हात्तीको दाह्रा सहित तीन जनालाई पक्राउ गरेको छ । निजगढ नगरपालिका–११ रतनपुर बस्ने ३४ वर्षीय सूर्यप्रसाद तामाङ, ३५ वर्षीय दिलबहादुर घलान र मकवानपुरको हेटौंडा नगरपालिका–१३ पदमपोखरी बस्ने ३५ वर्षीय सुवास तामाङलाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको हो ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ स्थित २ नम्बर पुल नजिक जर्गा होटल अगाडिबाट उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।


हेटांैडाबाट पथलैयातर्फ आउँदै गरेको ना ५० प १२२७ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्नेक्रममा पछाडि बसेका सूर्यप्रसादले प्लाष्टिकको बोरामा लुकाइछिपाई राखेको हात्तीको दाह्रा फेला परेपछि उनीहरुलाई पक्राउ गरेको मिश्रले बताए ।

हात्तीको दाह्रासहित पक्राउ परेका तीनै जनालाई आवश्यक कानूनी कारबाहीका लागि पर्सा राष्टिय निकुञ्ज कार्यालयमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..