स्कुटर चोरी गरेको आरोपमा युवक पक्राउ

बाँके । बाँकेमा स्कुटर चोरी गरेको आरोपमा प्रहरीले बार बर्दिया नगरपालिका-९ बैदीका उमेश चौधरीलाई पक्राउ गरेको छ ।कोहलपुर नगरपालिका-१२ बस्ने प्रकाश खड्काको आफ्नै घरमा पार्किङ गरी राखेको भे ७ प ५४८९ नम्बरको स्कुटर चोरी गरेको अभियोगमा चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

स्कुटर चोरी भएको भन्ने खबर पाएपछि प्रहरी चौकी कतर्नियाघाटबाट खटिएको टोलीले चौधरीको घरमा उक्त स्कुटर लुकाई राखेको अवस्थामा फेला पारेको थियो ।

घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..