जनकपुर–काठमाडौँ हवाई उडान भोलिदेखि सञ्चालन हुने

जनकपुरधाम । जनकपुर–काठमाडौँ हवाई उडान सेवा सेवा भोलिदेखि संचालन हुने भएको छ ।सरकारले जारी गरेको कोरोना महामारी रोकथाम तथा नियन्त्रण समबन्धी मापदण्ड पालना गर्दै नियमित हवाई उडान सेवा संचालन हुने बुद्ध एयर जनकपुरका स्टेशन म्यानेजर विजय प्रसाद सिंहले जानकारी दिए ।

उनका अुनसार जनकपुर–काठमाडौँ एटिआर ७२ को दैनिक तीनवट नियमित उडान सेवा सुरु हुनेछ ।

जनकपुरबाट पहिलो उडान विहान १०ः२० बजे र काठमाडौँबाट ०९ः ४० बजे, दोस्रो जनकपुरबाट दिउँसे १२ : ५० र काठमडौँबाट १२ः१० र तेस्रो जनकपुरबाट बेलुकी ०५ : ५० र काठमाडौँबाट ०५ :१० बजे नियमति उडान संचालन हुने स्टेशन म्यानेजर सिंहले जानकारी दिए ।

कोरोना भाइरस संक्रमणको महामारी नियन्त्रण तथा रोकथामका लागि भन्दै सरकारले लामो समयदेखि हवाई उडान सेवा बन्द गरेको थियो ।संक्रमण घटेपछि सरकारले स्वास्थ्य मापदण्डको पालना गरि उडान गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..