नेपालमा रोकिएका भारतीयलाई साउदी पुर्‍याउन नेवानि र हिमालयलाई अनुमति

काठमाडौं । नेपालमा रोकिएका भारतीय नागरिकलाई साउदी अरेबिया पुर्‍याउन सरकारले नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सका लागि चार्टर्ड उडानको अनुमति दिएको छ ।

प्राधिकरणका अनुसार यो उडान नेपालस्थित भारतीय दूतावासको अनुरोधमा हुन लागेको हो । भारतीय नागरिकले सम्बन्धित वायुसेवा कम्पनीमा सम्पर्क गरी टिकट काट्न सक्ने भएका छन् ।काठमाडौंबाट नेपाल एयरलाइन्सले रियाद र हिमालय एयरलाइन्सले जेद्दाका लागि उडान गर्ने गरी अनुमति पाएका हुन् ।

काठमाडौंमा निषेधाज्ञा अगाडि आएर यतै अड्किएका भारतीयका लागि यो सुविधा दिइएको हो ।अहिले भने नेपालमा ट्रान्जिट बनाई विदेश जान बन्द गरिएको छ ।

नेपालमा अन्तर्राष्ट्रिय उडान १७ जेठसम्म बन्द भएसँगै विदेशी नागरिकलाई घर फर्काउने प्रयोजनका लागि दूतावासहरुले पहल गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..