फागुन पहिलो साताबाट संयुक्त आन्दोलन सुरु हुन्छ : सभापति लक्ष्मणलाल कर्ण

काठमाडौं । जनता समाजवादी पार्टी ( जसपा ) का शीर्ष नेता तथा संसदीय सुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्णले प्रधानमन्त्री ओलीले गरेको असंवैधानिक संसद विघटनविरुद्ध आगामी फागुन पहिलो सातादेखि संयुक्त आन्दोलन गरिने स्पष्ट पारेका छन् । त्यसको लागि दलहरु आन्तरिक छलफलकै क्रममा रहेको उनको भनाइ छ ।

आइतबार (आज) काठमाडौंमा आयोजित एक साक्षात्कारमा नेता कर्णले जनताले आफ्नो सार्वभौमसत्ताको प्रयोग आफ्नो प्रतिनिधिमार्फत गरेको सुनाउँदै प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको दाबी गरे ।

उनले भने, ‘यो हाम्रो लोकतन्त्र प्रतिनिधिमूलक लोकतन्त्र हो । लोकतन्त्रको समाप्ति एक जना व्यक्ति, प्रधानमन्त्रीले गर्नुभयो । एक जना व्यक्ति, प्रधानमन्त्रीले मात्रै संसद विघटन गरिदिएर जनताको अधिकार खोसिदिए ।’

उनले अहिलेको अवस्थामा संविधान रहने हो कि होइन ? गणतन्त्र, लोकतन्त्र, संघीयता रहने हो कि होइन भन्ने विषयमा ठूलो चूनौती आएको पनि सुनाए । उनले भने, ‘यो चूनौतीको सामना गर्नको लागि नेकपा दुई समूह विभाजित छ । एक समूह सडकमा छ । कांग्रेसपनि सडकमा छ ।

जसपा पनि सडकमा छ । हाम्रो पार्टीको त चौथो चरणको आन्दोलन अस्ति माघ २३ गते समाप्त भएको छ। आज सम्पूर्ण जिल्लाको सदरमुकाममा प्रधानमन्त्रीको पुत्ला दहनको कार्यक्रम सम्पन्न हुन्छ । नेपालमा पटक पटक प्रतिगमन भयो । यसपालि पनि प्रतिगमन भयो ।’

नेता कर्णले प्रधानमन्त्री ओलीको प्रतिगमनको आफूहरुले सख्त विरोध गरेको सुनाए । उनले थपे, ‘हामीले विरोध गरेका छौं । हुँदाहुँदै गैरसंवैधानिक तवरले संवैधानिक आयोगका नियुक्तहरु भए, र सपथग्रहण भए ।

कुनै संवैधानिक निकायमा कसैको नियुक्ती हुन्छ भने सर्वोच्च अदालतको न्यायाधीश, संवैधानिक निकायका प्रमुख र सदस्यहरु, राजदूतहरुको नियुक्ती भयो संविधानको धारा २९२ मा सुनुवाई पछि मात्रै नियुक्ती हुन्छ । अहिले ३८ जनाको नियुक्ती भएको छ । यो गैरसंवैधानिक छ ।’

उनले विगतमा सरकारहरुको स्थायित्वमा प्रश्न उठेकोले त्यस्तो घट्ना नहोस भनेर नै ५ वर्ष सरकार चलोस भनेर संविधानमा व्यवस्था गरिएको उनले सुनाए । उनले भने, ‘संविधानमा नै यस्तो व्यवस्था हुँदाहुँदै पनि प्रतिनिधिसभा विघटन गर्ने काम भयो, यो कानूनविपरित । संविधानविपरित छ ।

लिगबाट हिँडको गाडी अब दुर्घटना हुने खतरा छ । अब यो दुर्घटना जोगाउन सर्वोच्च अदालतको क्रेन मात्रै बाँकी छ । अदालतको क्रेनले त्यो गाडीलाई ट्रयाकमा ल्याउनुपर्छ । लिग छोडेर हिँड्यो भने त्यो गाडी दुर्घटना हुन्छ ।

पार्टी, नागरिक समाज, मिडिया यसको विरोधमा लागेका छौं । संविधान जोगाउने काममा छौं । अधिकार कुण्ठित भएको छ । गाडीलाई ठीकमा ल्याएर चलाउने हामी सबैको दायित्व हो । जनताको अधिकार सुनिश्चित गराउनुपर्छ ।’

नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले त अब फागुनको पहिलो हप्ताबाट प्रतिनिधिसभा विघटनविरुद्ध संयुक्त आन्दोलन हुन्छ भनेर घोषणा गर्नुभएको छ, तपाईहरुको के छ भनाई ? भनेर सोधेको प्रश्नमा उनले भने, ‘हाम्रो पार्टीले संयुक्त आन्दोलन गरौं भनेर यसअघि नै भनेको थियो ।

अहिले संविधानविपरित काम भएको छ । यसको विरोधमा आन्दोलनमा जानुपर्छ भनेर हामीले भनेका हौं । संसद पूनःस्थापनको लागि सभामुखलाई आग्रह गरौं भन्नेपनि हाम्रो निर्णय थियो । सबै पार्टी मिलेर, एकसाथ आन्दोलन गर्नुपर्छ भनेका थियौं । त्यसो गरियो भने जनआन्दोलनमा परिणत हुन्छ ।’

संयुक्त आन्दोलन गर्नेबारे अहिले नेताहरु लागिराखेको सुनाए । तर, यसबारेमा अहिले कुनै निर्णय नभएको कर्णको भनाई छ । उनले भने, ‘कुराकानी भैरहेको छ । तर, यो मितिदेखि, यो गतेदेखि आन्दोलन गर्ने भनेर भनेको छैन् । तर, फागुन पहिलो हप्तामा हुने कुरा प्रचण्डले भनेको कुरा छ । सबैसँग कुरा गर्नुभएको होला । म अन्दाज गर्छु ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले गत साउन महिनामा व्यक्ति र संस्था गरी जम्मा ९९ जनालाई नेपाल प्रहरीसँग सम्बन्धित..