ठुलो परिमाणमा लागूऔषध चरेश सहित एक जना पक्राउ


कृष्णा यादब

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले बहुदरमाईको बिश्राम पुरवाट लागूऔषध चरेससहित एकजनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साले विशेष सुचनाको अाधारमा पर्साको बहुदरमाई वडा नम्बर ७ बिश्रामपुर बस्ने बर्ष ६० को मुस्लिम देवानले अवैध लागु अौषध बिक्री वितरण गर्नाको लागि घरमा लुकाई छिपाइ राखेको प्रहरीलाई सुचना पाए पछि निजको घरलाई खानतलासी गर्दे कोठा भित्र रहेको खाट मुनि ९ केजी २० ग्राम चरेश सहित चरेश पेल्ने मेशिन ३ थान बरामद गरेको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले जानकारी दिनुभयो।

उक्त पक्राउ परेको चरेश ५०० ग्रामको १२ पोका २५० ग्रामको पोका गरि ९ किलो २० ग्राम रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेको अवैध चरेश र मेशिन सहित देवानलाई नियन्त्रण राखि थपअनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..