ठुलो परिमाणमा लागूऔषध चरेश सहित एक जना पक्राउ


कृष्णा यादब

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले बहुदरमाईको बिश्राम पुरवाट लागूऔषध चरेससहित एकजनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साले विशेष सुचनाको अाधारमा पर्साको बहुदरमाई वडा नम्बर ७ बिश्रामपुर बस्ने बर्ष ६० को मुस्लिम देवानले अवैध लागु अौषध बिक्री वितरण गर्नाको लागि घरमा लुकाई छिपाइ राखेको प्रहरीलाई सुचना पाए पछि निजको घरलाई खानतलासी गर्दे कोठा भित्र रहेको खाट मुनि ९ केजी २० ग्राम चरेश सहित चरेश पेल्ने मेशिन ३ थान बरामद गरेको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले जानकारी दिनुभयो।

उक्त पक्राउ परेको चरेश ५०० ग्रामको १२ पोका २५० ग्रामको पोका गरि ९ किलो २० ग्राम रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेको अवैध चरेश र मेशिन सहित देवानलाई नियन्त्रण राखि थपअनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..