इटहरीबाट नेपाली सेनाका नक्कली लेफ्टिनेन्ट पक्राउ

इनरुवा । सुनसरी जिल्लाको इटहरीबाट नेपाली सेनाका नक्कली उप सेनानी (लेफ्टिनेन्ट) पक्राउ परेका छन् । ‘सेनाको लेफ्टिनेन्टरेड हुँ’ भन्दै मर्करीको ब्यापार गर्ने वहानामा सर्वसाधारणलाई ठगी गर्दै रकम असुली गर्ने पर्सा जिल्ला ठोरी गाउँपालिका ५ बस्ने २८ वर्षीय शिवकुमार कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।सेनाको पोशाक र दज्र्यानी चिन्ह लगाई ठगी गर्दै हिडेको सूचना र किटानीको आधारमा खोजतलासको क्रममा कार्कीलाई इटहरीबाट नियन्त्रणमा लिइएको सुनसरी प्रहरीले जनाएको छ ।


प्रहरीले नक्कली सेना बनेका कार्कीले विभिन्न व्यक्तिबाट एघार लाख बढी ठगी गरेको भेटिएको जनाएको छ । सुनसरी प्रहरीले पक्राउ परेका कार्कीको साथबाट ३३ हजार ४ सय ५० रुपैंयासहित विभिन्न बैंकका एटीएम र आईएमईका रसिदका साथै मोबाइलहरु बरामद गरेकोे जनाएको छ ।

यसैगरी कार्कीका सहयोगीका रुपमा रहेका सिन्धुलीका ३८ वर्षीय बसन्तकुमार खड्कालाईसमेत नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..