इटहरीबाट नेपाली सेनाका नक्कली लेफ्टिनेन्ट पक्राउ

इनरुवा । सुनसरी जिल्लाको इटहरीबाट नेपाली सेनाका नक्कली उप सेनानी (लेफ्टिनेन्ट) पक्राउ परेका छन् । ‘सेनाको लेफ्टिनेन्टरेड हुँ’ भन्दै मर्करीको ब्यापार गर्ने वहानामा सर्वसाधारणलाई ठगी गर्दै रकम असुली गर्ने पर्सा जिल्ला ठोरी गाउँपालिका ५ बस्ने २८ वर्षीय शिवकुमार कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।सेनाको पोशाक र दज्र्यानी चिन्ह लगाई ठगी गर्दै हिडेको सूचना र किटानीको आधारमा खोजतलासको क्रममा कार्कीलाई इटहरीबाट नियन्त्रणमा लिइएको सुनसरी प्रहरीले जनाएको छ ।


प्रहरीले नक्कली सेना बनेका कार्कीले विभिन्न व्यक्तिबाट एघार लाख बढी ठगी गरेको भेटिएको जनाएको छ । सुनसरी प्रहरीले पक्राउ परेका कार्कीको साथबाट ३३ हजार ४ सय ५० रुपैंयासहित विभिन्न बैंकका एटीएम र आईएमईका रसिदका साथै मोबाइलहरु बरामद गरेकोे जनाएको छ ।

यसैगरी कार्कीका सहयोगीका रुपमा रहेका सिन्धुलीका ३८ वर्षीय बसन्तकुमार खड्कालाईसमेत नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..