नेपाल प्रहरीलाई भाग लागेन कोरोना खोप

काठमाडौं । जोखिम मोलेर कोभिड १९ महामारीविरुद्ध अग्रपंक्तिमा खटिने प्रहरीलाई कोरोना खोप वितरणमा सरकारले विभेद गरेको छ । स्वास्थ्यकर्मी जत्तिकै फ्रन्टलाइनमै खटिने भए पनि प्रहरीलाई कसरी र कहिले खोप लगाउने भन्ने विषयमा सरकारले सूचीसमेत तयार पारेको छैन ।  

सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मीलाई कोभिड खोप लगाउने भन्दै बुधबारदेखि खोप अभियान सुरु गरेको छ । परिचालनको हिसाबमा अग्रपंक्तिमा रहने प्रहरीलाई खोप लगाउने सम्बन्धमा भने योजना बनाइएको छैन । सरकारले चासो नदिएपछि जोखिम मोलेर ड्युटीमा खटिने प्रहरीमा निराशा छाएको छ ।  

त्यसो त सरकारले कोरोना महामारीको बेला खटिने प्रहरीलाई कोभिड सुरक्षा भत्तासमेत दिएको छैन । २४ सै घण्टा जोखिमपूर्ण क्षेत्रमा सुरक्षार्थ खटिँने उनीहरूलाई कोरोना खोप वितरण नहुँदा त्यसले कर्मचारीमा थप जोखिम बढेको छ । लकडाउन खुलेसँगै नेपाल प्रहरी भीडभाड र जोखिमपूर्ण क्षेत्रमा खटिँदै आएको छ । नेपाल प्रहरीका ७ हजारभन्दा बढी कर्मचारीलाई कोरोना संक्रमण भइसकेको छ । केही कार्यालयमा कोरोना थप फैलन सक्ने डर देखिएको छ । यो समाचार आजको नागरिक दैनिकमा शिवहरि घिमिरेले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

काठमाडौं । राजनीतिक नेतृत्वहरू कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ । ऐन–कानुन संशोधन गरेर बलियो नीति बनाउनुपर्छ भन्नुहुन्छ, तर व्यवहारमा त्यो देखिन्न  निवर्तमान प्रहरी महानिरीक्षक..