सखुवानन्कारकट्टीमा पालिकास्तरीय नागरिक अधिकार मञ्च गठन


लहान । सामाजिक रुपान्तरणको लागि जनबोली सरोकारवाला निकायसम्म पुरयाउँन सखुवान्नकारकट्टीमा आज पालिकास्तरीय नागरिक अधिकार मञ्च गठन गरिएको छ ।

नेपाल पत्रकार महासँघका केन्द्रीय परिषद सदस्य तथा मधेश मिडिया मिशन नेपालका अध्यक्ष दिनेश्वर गुप्ताका प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा सखुवानन्कारकट्टीका प्रत्येक वडास्तर समिति गठनको लागि पाँच जना वडा संयोजकत्व समेत तोकिएको नागरिक अधिकार मञ्चका मो.रहमुलले जनाएका छन् ।

स्थानीय शिक्षक रामदेव साहका सभाध्यक्षतामा भएको सो कार्यक्रममा मो.रहमुल, योगेन्द्र झा, काशिन्द्र यादव, भगवती पौडेल, उषा कर्णलगायतले मन्तव्य राख्नुभएका थिए ।

सो भेलाले अध्यक्षमा काशिन्द्र यादव, उपाध्यक्ष उषा कर्ण, सचिव भगवती पौडेललगायत २५ सदस्य समिति गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..