महिला खुला केन्द्रीय सदस्यमा ९१ वर्षीया शान्ति कार्की पराजित

काठमाडौं । नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवार दिएकी ९१ वर्षीया शान्ति कार्की पराजित भएकी छन्।९१ वर्षीय कार्कीले महिला खुला केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएकी थिइन्।

सोमबार साँझ आएको अन्तिम परिणाममा उनले २६० मत पाएर उम्मेदवारी दिएका ३० जनामध्ये २७ औं नम्बरमा परिन्।नेपाली कांग्रेसको विधान अनुसार महिला खुला केन्द्रीय सदस्यमा ९ जना विजयी हुन्छन्।उनी पर्साबाट नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छिन्।

हिला संघको केन्द्रीय सदस्यसमेत भइसकेकी उनी पटक पटक महाधिवेशन प्रतिनिधि भइसकेकी छन्। केन्द्रीय कमिटीमा भने यो उनको दोस्रो उम्मेदवारी थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

नेपाल प्रहरी

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले गत साउन महिनामा व्यक्ति र संस्था गरी जम्मा ९९ जनालाई नेपाल प्रहरीसँग सम्बन्धित..