सखुवाको काठसहित एक जना पक्राउ

झापा । अवैधरूपमा चोरी गरेर मिनीट्रकमा लोड गरी लैजाँदै गरेको अवस्थामा ९९.५१ किवि सखुवाको काठसहित आज एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।दमक नगरपालिका–४ कृष्ण मन्दिरस्थित दक्षिणबाट उत्तरतर्फ को१ख ३०६२ नंको सेतो रङको मिनीट्रक प्रयोग गरी काठ लैजाने इलाम नगरपालिका–२ का २१ वर्षीय गणेश राईलाई प्रहरीले पक्राउ गरेको हो ।

ट्रकको पछाडिपट्टि क्यारिङको भागमा त्रिपालले छापेर खापा काटेको अवस्थामा चिरान गरेको अवैध सखुवा जातको काठ ल्याउँदै गरेको अवस्थामा राईलाई ताराबारी अस्थायी प्रहरी चौकीले जाँचको क्रममा पक्राउ गरेको हो ।

बरामद काठ, ट्रकसहित उनलाई आवश्यक कानूनी कारवाहीका लागि आजै डिभिजन वन कार्यालय झापामा बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नवनियुक्त प्राविधिक प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह र नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी प्रधान..