मन्त्री पौडेलले निर्वाचनको मिति बिर्सिएपछि….. (भिडिओसहित)

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आफ्नै सरकारले तोकेको नयाँ निर्वाचनको मिति बिर्सिएका छन् । उनले आज ओली पक्षधर प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै निर्वाचनको मिति नै गलत भनेका छन् ।

उनले वैशाख १७ र वैशाख २७ गतेको निर्वाचनको मितिलाई मंसिर १७ र मंसिर २७ गते भनेर उच्चारण गरेका छन् । उनले कुनैपनि संसद पूनःस्थापना नहुने पनि दाबी गरेका छन् । पौडेलले संसद पूनःस्थापना हुनै नसक्ने ठोकुवा गरेका छन् ।

उनले मुलुक निर्वाचनतर्फ होमिएको जिकिर गरेका छन् । उनले भने,‘प्रतिनिधिसभा पूनःस्थापनाको कुनै सम्भावना छैन् ।’ यद्धपी उनले आफूहरुले सर्वोच्च अदालतको निर्णयलाई हार्दिकताका साथ स्विकार गर्ने स्पष्ट पारे । अब अनुशासित प्रतिनिधिसभाको निम्ति आफूहरु नयाँ निर्वाचनमा जान लागेको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..