मन्त्री पौडेलले निर्वाचनको मिति बिर्सिएपछि….. (भिडिओसहित)

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आफ्नै सरकारले तोकेको नयाँ निर्वाचनको मिति बिर्सिएका छन् । उनले आज ओली पक्षधर प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै निर्वाचनको मिति नै गलत भनेका छन् ।

उनले वैशाख १७ र वैशाख २७ गतेको निर्वाचनको मितिलाई मंसिर १७ र मंसिर २७ गते भनेर उच्चारण गरेका छन् । उनले कुनैपनि संसद पूनःस्थापना नहुने पनि दाबी गरेका छन् । पौडेलले संसद पूनःस्थापना हुनै नसक्ने ठोकुवा गरेका छन् ।

उनले मुलुक निर्वाचनतर्फ होमिएको जिकिर गरेका छन् । उनले भने,‘प्रतिनिधिसभा पूनःस्थापनाको कुनै सम्भावना छैन् ।’ यद्धपी उनले आफूहरुले सर्वोच्च अदालतको निर्णयलाई हार्दिकताका साथ स्विकार गर्ने स्पष्ट पारे । अब अनुशासित प्रतिनिधिसभाको निम्ति आफूहरु नयाँ निर्वाचनमा जान लागेको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

राष्ट्र र नागरिकलाई शीरमा राखि असल आचरणका साथ काम गर्न डिआईजी चतुर्वेदीको निर्देशन

राष्ट्र र नागरिकलाई शीरमा राखि असल आचरणका साथ काम गर्न डिआईजी चतुर्वेदीको निर्देशन

लहान । मधेस प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डिआईजी) उमाप्रसाद चतुर्वेदीले राष्ट्र र नागरिकलाई सर्वोपरि राखी उच्च व्यावसायिक निष्ठाका साथ कर्तव्य निर्वाह गर्न..