लागुऔषध ब्यूरोको ठुलो सफलता : खैरो हिरोइन कारोवार गर्ने नौ जना पक्राउ

काठमाडौं । लागूऔषध खैरो हिरोइन कारोवार गर्ने नौ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।पक्राउपर्नेमा इलामका सन्दिप राई, दीपक राई, केसाङ्ग योल्मुले र सोनाम कागते, मनाङका टासी सन्डुप गुरुङ, पाँचथरका भीप्रसाद लोवा तथा झापाका दिनेश कुमाल, सन्तोष सापकोटा र राजेश श्रेष्ठ रहेका छन् ।

सार्वजनिक कार्यक्रममा ब्युरोका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दिलीपकुमार चौधरीले लागूऔषध कारोवार गर्ने गिरोहलाई पक्राउ गरेको जानकारी दिनुभयो । “काठमाडौँ उपत्यकाभित्र लागूऔषध कारोवार गर्ने अन्य व्यक्तिको पनि खोजी भइरहेको छ”, उहाँले भन्नुभयो ।

प्रहरीले पक्राउ परेकासँग ५३६ ग्राम खैरो हिरोइन, ७.५ ग्राम एमफेटाइमन आइस ड्रग र लागूऔषध तौल गर्ने मेसिनसमेत बरामद गरेको छ । यस्तै छ लाख ७१ हजार ५०० नेपाली रुपैयाँ, छ हजार १०० अमेरिकन डलर, तीन थान मोटरसाइकल तथा स्कुटरसमेत बरामद गरेको हो ।

पक्राउ व्यक्तिले खैरो हिरोइनको एक ग्रामको तीन हजारदेखि १० हजारसम्म बिक्री वितरण गर्ने गरेको अनुसन्धानमा खुलेको ब्युरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..