लागुऔषध ब्यूरोको ठुलो सफलता : खैरो हिरोइन कारोवार गर्ने नौ जना पक्राउ

काठमाडौं । लागूऔषध खैरो हिरोइन कारोवार गर्ने नौ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।पक्राउपर्नेमा इलामका सन्दिप राई, दीपक राई, केसाङ्ग योल्मुले र सोनाम कागते, मनाङका टासी सन्डुप गुरुङ, पाँचथरका भीप्रसाद लोवा तथा झापाका दिनेश कुमाल, सन्तोष सापकोटा र राजेश श्रेष्ठ रहेका छन् ।

सार्वजनिक कार्यक्रममा ब्युरोका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दिलीपकुमार चौधरीले लागूऔषध कारोवार गर्ने गिरोहलाई पक्राउ गरेको जानकारी दिनुभयो । “काठमाडौँ उपत्यकाभित्र लागूऔषध कारोवार गर्ने अन्य व्यक्तिको पनि खोजी भइरहेको छ”, उहाँले भन्नुभयो ।

प्रहरीले पक्राउ परेकासँग ५३६ ग्राम खैरो हिरोइन, ७.५ ग्राम एमफेटाइमन आइस ड्रग र लागूऔषध तौल गर्ने मेसिनसमेत बरामद गरेको छ । यस्तै छ लाख ७१ हजार ५०० नेपाली रुपैयाँ, छ हजार १०० अमेरिकन डलर, तीन थान मोटरसाइकल तथा स्कुटरसमेत बरामद गरेको हो ।

पक्राउ व्यक्तिले खैरो हिरोइनको एक ग्रामको तीन हजारदेखि १० हजारसम्म बिक्री वितरण गर्ने गरेको अनुसन्धानमा खुलेको ब्युरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

काठमाडौं । राजनीतिक नेतृत्वहरू कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ । ऐन–कानुन संशोधन गरेर बलियो नीति बनाउनुपर्छ भन्नुहुन्छ, तर व्यवहारमा त्यो देखिन्न  निवर्तमान प्रहरी महानिरीक्षक..