सशस्त्रको इतिहासमै पहिलो पल्ट , १ महिना ६ दिनमा ३ करोड ३८ लाखको समान बरामद

तस्करी विरुद्ध खरो उत्रदै सशस्त्र डीआईजी गौतम , १ महिना ६ दिनमै ३ करोड ३८ लाख ६० हजारको समान बरामद

  • आलोक यादव

सशस्त्र प्रहरी बल २ नम्वर छिन्नामस्ता वाहिनी बर्दिबासका प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक ( डीआईजी ) चन्द्र प्रकाश गौतमले तस्कर विरुद्ध खरो रुपमा प्रस्तुत भएका छ्न । नेपाल र भारत सिमा खुला रहेको हुदा तस्करहरु सक्रिय भएको सूचना पाउने बितिकै डीआईजी गौतमले कडा निगरानी बढाएका छन् ।

डीआईजी गौतमले प्रदेश २ का ८ वटै जिल्ला प्रमुख र बिओपि इन्चार्जहरुलाई नि तस्कर विरुद्ध खरो उत्रिन समेत निर्देशन दिएका छ्न ।

डीआईजी गौतम तस्कर विरुद्ध खरो उत्रिन निर्देश दिएपछि सशस्त्रले सीमानाकादेखि सहरसम्म तस्करमाथि निगरानी बढाएपछि पछिल्लो समय दैनिकजसो तस्कर र तस्करीका सामान पक्राउ पर्दै छ । भन्सार छलेर भित्र्याइएका सामान र सामान बोक्न प्रयोग गरिने सवारीसाधन र मानिस प्रहरीको नियन्त्रणमा आउने गरेका छन् । पछिल्लो समय तस्करीमा संलग्न भागेकाले नियन्त्रणमा लिन नसकेको जवाफ सशस्त्र प्रहरीबाट बिरलै आउँछ ।

१ साल अघि सम्म प्रदेश २ को ८ वटै जिल्ला मध्य सप्तरी , धनुषा , रौतहट र पर्सा जिल्लामा तस्कर गर्ने ठाउँ उर्वर नाका थिए । कंचनपुरपुर , बिरगंज , रौतहट , जनकपुरमा भण्डारण गरिने चिनियाँ स्याउ पिकअप जिप, ट्याक्टर र मिनी ट्रकमा दिउँसै सीमाक्षेत्रका यी बजारमा भण्डारण गरिन्थ्यो । त्यहाँबाट सुरक्षित समयमा पारि पुर्याइन्थ्यो । स्थानीय अजय यदाव भन्छन,‘ एक साल देखि प्रदेश २ प्रहरी प्रमुख फेरिएसँगै सीमावर्ती क्षेत्रमा तस्करको राजपनि समाप्त भएको छ ।’ वारिपारी तस्करी धन्दा अचानक बन्द भएपछि तस्कर गर्नेहरुबाट उनले थाहा पाएछ नयाँ आएको प्रहरी प्रमुखको करामत रहेछ । सीमानाकामा तायनाथ उही प्रहरी हो तिन सालअघिसम्म तस्करसँगै खानपिन गथ्र्यो यादवले भने,‘अहिले उनैले तस्करको सामान समाउँछ ।’

यता सप्तरीको बेल्ही , बलुवा, हनुमाननगर, बर्साइन लगायत नाका बाट मदिरा तस्करीको ताजपनि पछिल्लो समय खोसिएको स्थानीय सरोज साहले बताए । यो नाका पहिला मदिरा भारत तस्करीका लागि सहज थियो उनले भने,‘पछिल्लो समय यो नाका ठप्प बनेको छ ।’ स्थानीय स्तरमा सुरक्षाकर्मीसित लाइन मिलाएर मदिरा, कपाललगायतका सामान तस्करी हुँदै आएकोमा पछिल्लो एक साल देखी प्रदेश २ मा प्रहरी नेतृत्व फेरिएसँगै आचरण विपरित कार्य गर्ने प्रहरीउपर पनि कारबाही चलाइएको छ । जसका कारण प्रहरीहरु तस्करीका सामानमा बारगेनिङ गर्न हत्किएका छन् ।

‘अहिले बोर्डरको दृश्य देख्दा पत्यार लाग्दैन, यहाँ सुशासनको राज फर्किएको छ,’ रौतहटका स्थानीय अजय चौधरीले भने, ‘साँझ परेदेखि बिहानसम्मै वारिपारि सामान ल्याउने पुर्याउने क्रम ठ्यापै रोकिएको छ ।’

सशस्त्र प्रहरी बल २ नम्वर छिन्नामस्ता वाहिनी बर्दिबासका प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक ( डीआईजी ) चन्द्र प्रकाश गौतमका अनुसार १ महिना ६ दिनमा सशस्त्र प्रहरीले करिब ३ करोड ३८ लाख ६० हजार ८ सय ६ रुपैयाँ बराबरको सामान पक्राउ गरि भन्सारमा बुझाइसकेको छ । कानुनले निषेध गरेको काम गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउन इमान्दार प्रयास गरिरहेको छु, उनले भने,‘मातहतलाई पनि इमान्दारपूर्वक चोरीतस्करी नियन्त्रणमा सक्रिय हुन भनेको छुँ ।’ आचरण विपरितका काम गर्ने प्रहरीलाई कारबाही पनि गरेको छुँ, उनले भने ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लहान । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) दान बहादुर कार्की सहित ६ जना प्रहरी अधिकृत प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि..