शहरी विकास मन्त्री साह सवार गाडीले पैदलयात्रुलाई किच्यो, उद्दार नगरी भागे

सर्लाही । आफू सवार जीपले पैदलयात्रुलाई ठक्कर दिएपछि शहरी विकास मन्त्री प्रभु साह सवार उद्दार गर्नुको साटो भागेका छन्‌। मन्त्री साह सवार गाडीको ठक्करबाट घाइते भएका पैदलयात्री गम्भीर अवस्थामा छन्‌ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवनमा साह सवार ना १ झ ३८४२ नम्बरको जीपले आज मध्याह्न ठक्कर दिँदा लालबन्दी नगरपालिका–८ चन्द्रपुरका ३० वर्षीय बच्चु तामाङ गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइते तामाङको अहिले हरिवनस्थित स्वाभिमान अस्पतालमा उपचार भइरहेको छ ।

मन्त्री प्रभु साह सवार गाडीले ठक्कर दिँदा घाइते भएका बच्चु तामाङ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक ( एसपी ) सन्तोष सिंह राठौरले मन्त्री साह चढेको जीपले पैदल यात्रुलाई ठक्कर दिएको बताए । मन्त्री साह रौतहटबाट महोत्तरीको जलेश्वरतर्फ जाँदै गर्दा जीपले ठक्कर दिएको एसपी राठौरले जानकारी दिए ।

मुलुकको मन्त्रीजस्तो जिम्मेवारीमा रहेको व्यक्तिले दुर्घटना पश्चात घाइतेको उद्धार लगायतमा जुट्‍नुको साटो फरार हुनु मानवीय संवेदनाकै उपहास भएको भन्दै स्थानीय आक्रोशित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नवनियुक्त प्राविधिक प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह र नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी प्रधान..