रुपन्देही । रुपन्देही प्रहरीले पेस्तोल र चार राउण्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सियारी गाउँपालिका–२ का अजय चौधरीलाई सिद्धार्थनगर नगरपालिका–७ स्थित विद्यापथबाट पक्राउ गरिएको हो ।
चोरीको मोटरसाइकलमा नक्कली कागजात तयार गरी बेचबिखन गर्ने गरेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले चौधरीलाई पक्राउ गरेको बताइएको छ ।
त्यसक्रममा उनको साथबाट टाइप ५४ जस्तो देखिने एक थान पेस्तोल, त्यसको चार राउन्ड गोली, एउटै फोटो भएको दुई थान ब्लुबुक र चार थान भारतीय आधारकार्ड बरामद भएको रुपन्देही प्रहरीले जनाएको छ ।बरामद हातहतियार तथा अन्य सामग्री कानुनबमोजिम नियन्त्रणमा लिई प्रहरीले घटनाबारे थप अनुसन्धान थालेको छ ।


