लहान । मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी ओम प्रसाद अधिकारीले आज मधेश प्रदेश प्रहरी गण, जनकपुरधाम धनुषामा नियमित रूपमा सञ्चालन हुने भिड नियन्त्रण सम्बन्धी Operational Readiness (कार्यसञ्चालन तत्परता) अभ्यासको अनुगमन तथा निरीक्षण सम्पन्न भएको छ ।
डीआईजी अधिकारीले गणमा कार्यरत प्रहरी कर्मचारीहरूले प्रदर्शन गरेको भिड नियन्त्रण र सुरक्षा रणनीतिसम्बन्धी प्रयोगात्मक अभ्यास (मकट्रील) को प्रत्यक्ष अवलोकन गर्नुभएको थियो ।
अनुगमनका क्रममा उहाँले प्रहरी टोलीको भौतिक अवस्था, प्रशासनिक व्यवस्थापन र कार्यदक्षता चुस्त राख्न आवश्यक सल्लाह-सुझाव तथा निर्देशन समेत दिनुभएको छ ।


