कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न र राजनीतिक दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोली कांग्रेस पार्टी कार्यालय पुगेको छ ।

कानूनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल रहेको संवाद समिति कांग्रेस पार्टी कार्यालय पुगेको हो ।

सरकारी टोली सम्वाद र कार्यालय अनुगमनका लागि सुरुमा कांग्रेस केन्द्रीय कार्यालय सानेपा पुगेको हो भने यसपछि नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (तत्कालीन माओवादी केन्द्र) लगायत दलका कार्यालय पनि पुग्ने छ ।

जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी दुई मन्त्रीले नेपाली कांग्रेस केन्द्रीय कार्यालय पुगेर नेताहरूसँग छलफल गरेका हुन्।

जेनजी आन्दोलनका क्रममा भदौ २४ गते आगजनीमा परेको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालय पुगेर सञ्चार मन्त्री जगदीश खरेल, कानून मन्त्री अनिल सिन्हा र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनालले नेताहरूसँग छलफल गरेका हुन्।

छलफलमा कांग्रेसबाट उपसभापति धनराज गुरूङ, सहमहामन्त्री बद्रीप्रसाद पाण्डे, सहमहामन्त्री जीवन परियार, कोषाध्यक्ष उमेश श्रेष्ठ, मुख्यसचिव कृष्णप्रसाद पौडेललगायत सहभागी थिए।

मन्त्रीहरूले आगजनीमा परेर क्षति पुगेको कांग्रेस कार्यालयको अवलोकनसमेत गरेका हुन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..