राष्ट्रसंघले भन्यो- नागरिकको प्रजातान्त्रिक अधिकार सुनिश्चित गर

काठमाडौं । संयुक्त राष्ट्रसंघले नेपालमा नागरिकले प्रजातान्त्रिक अधिकारको अभ्यास गर्ने कुरालाई सुनिश्चित गर्न आग्रह गरेको छ ।संयुक्त राष्ट्रसंघकी नेपाल आवासीय संयोजक हना सिंगर–ह्याम्डीले सामाजिक सञ्जाल एक्समार्फत यस्तो आग्रह गरेकी हुन् ।

‘नागरिकहरूले सुरक्षित र शान्तिपूर्ण रूपमा आफ्नो प्रजातान्त्रिक अधिकारको प्रयोग गर्न सक्ने कुरा सुनिश्चित गर्दै अधिकतम संयम र सावधानी अपनाउन म सबै पक्षलाई आग्रह गर्दछु,’ उनले एक्समा लेखेकी छन् ।

आजको जेनजी प्रदर्शनमा प्रदर्शनकारीहरूको मृत्यु भएको तथा घाइते भएको घटनाले आफू साह्रै दुखी भएको उनले बताएकी छन् । साथै, यसबाट प्रभावित परिवारप्रति पनि उनले समवेदना समेत प्रकट गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नवनियुक्त प्राविधिक प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह र नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी प्रधान..