गृहसचिव दुवाडी र आईजीपी थापाबीच कार्यसम्पादन सम्झौता

काठमाडौं । गृहसचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाबीच आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएको छ ।गृहमन्त्री रमेश लेखकको उपस्थितिमा गृह मन्त्रालयमा आइतबार आयोजित समारोहमा गृहसचिव दुवाडी र आईजीपी थापाले कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गर्नुको साथै उक्त सम्झौता आदान प्रदान समेत गरेका हुन् ।

कार्यक्रममा गृहमन्त्री रमेश लेखकले शान्ति सुव्यवस्था कायम राख्न नेपाल प्रहरीले निर्वाह गर्दै आइरहेको भूमिकाको चर्चा गर्दै आगामी दिनमा चुनौतिको रूपमा देखा परेको लागूऔषध, साइबर अपराध, सवारी दुर्घटना एवम् आत्महत्या न्यूनीकरणमा अझ क्रियाशील भई परिणाममुखी ढंगले काम गर्न निर्देशन दिए ।

कार्यसम्पादन सम्झौताको कार्यान्वयन गर्ने क्रममा परम्परागत शैली भन्दा पनि नविनतम् ढंगले नागरिकको समस्या समाधान गर्नुपर्ने उल्लेख गर्दै गृहमन्त्री लेखकले उपलब्ध स्रोतसाधन र जनशक्तिको व्यवस्थित परिचालन गरी सामूहिक भावनाका साथ जिम्मेवारी वहन गर्नुपर्ने बताए ।

उक्त अवसरमा गृहसचिव दुवाडीले अहिले प्राप्त गरेको कार्यसम्पादनको प्रगति एवम् नतिजालाई आधार मानेर आगामी दिनमा अझ बढि प्रभावकारिता हासिल गर्न तथा सेवा भावका साथ आम नागरिकले अनुभूति गर्न सक्ने किसिमको सेवा प्रवाह गर्नको लागि उच्च स्तरको कार्यसम्पादन गर्नुपर्ने बताए ।नेपाल सरकार गृहमन्त्रालयको कार्यक्षेत्र बमोजिमको कार्य सम्पादन गर्न सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा १९ तथा सुशासन (व्यवस्थापन तथा संचालन) नियमावली, २०६५ को नियम ११ बमोजिम गृहसचिव दुवाडी र प्रहरी महानिरीक्षक थापाबीच उक्त सम्झौता भएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..