दलाई लामासँगको भेटपछि चीनले चेक गणराज्यका राष्ट्रपतिसँग सबै सम्बन्ध तोड्यो

एजेन्सी । चीनले चेक गणराज्यका राष्ट्रपति पेटर पावेलसँग सबै प्रकारका सम्बन्ध अन्त्य गर्ने घोषणा गरेको छ ।
पावेलले हालै भारतको लद्दाखमा तिब्बती आध्यात्मिक गुरु दलाई लामासँग गरेको भेटपछि बेइजिङले मंगलबार यस्तो कदम चालेको हो ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताका अनुसार, ‘चेक राष्ट्रपति पावेलले चीनको बारम्बारको आपत्ति र कडा विरोधलाई बेवास्ता गर्दै दलाई लामासँग भेटघाट गरे। यो चीनका लागि उत्तेजक र अस्वीकार्य कदम हो,’ भन्दै कूटनीतिक विरोध दर्ता गरिएको छ।

पावेलले गत जुलाई २७ मा दलाई लामालाई भेटेका थिए। चीनले दलाई लामालाई पृथकतावादी मान्दै विदेशी नेताहरूको भेटलाई सधैं विरोध गर्दै आएको छ।चीन र चेक गणराज्यबीच कूटनीतिक सम्बन्ध सन् १९४९ मा सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..