रेशमलाई थुनाउने महिमानलाई धरौटीमा छाड्ने जिल्लाको आदेश उच्चले पनि गर्‍यो सदर

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न लेखिएको पत्रका कारण विवादमा तानिएका सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्ट धरौटीमा रिहा हुने जिल्ला अदालतको आदेशलाई उच्च अदालत पाटनले सदर गरेको छ ।

उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्ट र कैलाशप्रसाद सुवेदीको इजलासले बिहीबार जिल्ला अदालत काठमाडौंको आदेश सदर गरेको हो ।जिल्ला अदालतले जेठ ५ गते न्यायाधीश दिनबन्धु बरालको इजलासबाट विष्टलाई १ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

महिमानले अनधिकृत रूपमा चौधरीको नाममा पक्राउका लागि पत्र लेखेपछि, सोही पत्रका आधारमा प्रहरीले चौधरीलाई पक्राउ गरी डिल्लीबजार कारागारमा चलान गरेको थियो ।तर, अदालतले सो पत्रलाई आधिकारिक नठहराउँदै चौधरीलाई सोही दिन रिहा गरिदिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..