कल्याणपुरमा उपमेयर यादवले सम्हालिन् कार्यवाहक मेयरको जिम्मेवारी

सिराहा । सिराहाको कल्याणपुर नगरपालिकाकी उपमेयर श्रीमती रेखा कुमारी यादवले मंगलबारदेखि कार्यवाहक मेयरको रूपमा जिम्मेवारी सम्हालेकी छिन् ।

नगरपालिकाका मेयर रामपुकार साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले गत असार ३२ गते १ लाख रुपैयाँ घुससहित पक्राउ गरेपछि यादव कार्यवाहक मेयर नियुक्त भएकी हुन् ।

स्थानीय सरकार ऐनअनुसार मेयर अनुपस्थित वा अयोग्य भएका अवस्थामा उपमेयरले कार्यवाहक मेयरको रूपमा कार्य गर्ने व्यवस्था रहेको छ । सोही आधारमा उपमेयर यादवले नगरपालिकाको दैनिक प्रशासनिक तथा सेवा प्रवाहसम्बन्धी कार्यभार सम्हालेकी हुन् ।

कार्यभार ग्रहणपछि उनले नगरको विकास, जनसरोकारका विषयहरू तथा नागरिक सेवा प्रवाहमा कुनै अवरोध नआउने गरी निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..