९० वर्षीय बृद्धलाई घरमै सुतिरहेको बेला हत्या : कारबाहीको माग गर्दै एमालेको प्रदर्शन

लहान । सिरहाको धनगढीमाई नगरपालिका-११ स्थित आफ्नै घरमै सुतिरहेको बेला एक जना बृद्धको हत्या भएको छ । हत्या गर्नेलाई कारबाहीको माग गर्दै अहिले पूर्व-पश्चिम महेन्द्र राजमार्गमा जाम गरेर नेकपा एमाले नेता कार्यकर्ताले प्रदर्शन गरिरहेका छन् ।

हत्या भएका वृद्ध लहान नगरपालिका-२४ फनिलाल यादव हुन् । उनी नेकपा एमाले लहान नगर कमिटी, जिल्ला कमिटी सदस्य तथा लहान नगरपालिका-२४ का पूर्व वडा अध्यक्ष कमलदेव यादवका बुबा रहेका छन् ।

मृत्युक यादवमाथि धारिलो हतियार प्रहार भएको देखिएको र सूचना पाएलगत्तै घटनास्थलमा प्रहरी पुगेर छानबिन गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी विरेन्द्र कुमार पासवानले जानकारी गराए । बिहान ६:३० बजे प्रहरीले खबर भएको थियो त्यसपछि घाइते देखिएका वृद्धलाई अस्पताल लग्दा साढे ८ बजे मृत घोषित गरिएको उनले बताए ।

के, कति कारण हत्या गरिएको बारे थप अनुसन्धान भईरहेको डिएसपी पासवानले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..