अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध अख्तियारमै उजुरी दर्ता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईविरुद्ध अख्तियारमा उजुरी दर्ता भएको छ ।

सामाजिक अभियन्ताको रुपमा चिनिने युवराज सफलले राईमाथि अनुसन्धानको माग गर्दै आइतबार अख्तियारमा उजुरी दर्ता गरेका हुन् ।

दर्ता गरिएको उजुरीमा राई वाइडबडी, आयल निगम जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएको भन्दै उनीमाथि छानबिन गरी कारबाही गर्न माग गरिएको छ ।

हालै मात्रै विशेष अदालतले वाइडबडी विमान खरिद प्रकरणमा राईमाथि प्रश्न उठाएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..