टोपबहादुर रायमाझीविरुद्ध प्रतिशोध भएको भन्दै हस्ताक्षर, एमालेले जिम्मा लिएन

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका नेकपा (एमाले) का निलम्बित सचिव टोपबहादुर रायमाझीविरुद्ध राजनीतिक प्रतिशोध भएको भन्दै हस्ताक्षर अभियान चलाइएको छ । आज (शुक्रबार) अर्घाखाँचीको सदरमुकाम शुक्रबारेबाट हस्ताक्षर अभियान थालिएको हो । स्थानीय दिपेन्द्र पौडेलले हस्ताक्षर अभियानको नेतृत्व गरिरहेका छन् ।

एकै मुद्दामा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलगायत धरौटीमा छुटे पनि रायमाझीलाई पनि राजनीतिक प्रतिशोधको आधारमा नछाडिएको ती युवाहरुको भनाइ छ । तर, एमालेले भने उक्त हस्ताक्षर अभियान आफूहरुले सुरु नगरेको बताएको छ ।

रायमाझी भुटानी शरणार्थी प्रकरणमा गत २०८० सालदेखि थुनामा छन् । रवि लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध भएको भनी राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर अभियान चलाइरहेको बेलामा सोही अभियानको सिको रायमाझीको मुद्दामा पनि देखिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..