काठमाडौँ । मधेश प्रदेश सांसद सरोजकुमार सिंह पक्राउ परेका छन् । सिंहविरुद्ध प्रदेश सांसद विकास कोषको रकम हिनामिना गरी भ्रष्टाचार गरेको आरोप थियो । यही आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार उनलाई पक्राउ गरेको हो ।
सिंहले विकास कोषको रकम उपभोक्ता समितिमार्फत लगेर अनियमितता गरेको आरोप छ । यसअघि उनका स्वकीय सचिवलाई समेत अख्तियारले पक्राउ गरिसकेको छ ।
उनले विकास कोषको रकम उपभोक्ता समितिमार्फत लगेर अनियमितता गरेको आरोप छ । केही दिनअघि मात्रै अख्तियारको टोलीले सिंहका स्वकीय सचिव विनोदकुमार लाल कायस्थलाई पक्राउ गरेको थियो ।
विभिन्न उपभोक्ता समिति गठन गरेको देखाई समितिका खातामा दाखिला भएको रकम सचिव कायस्थमार्फत झिक्न लगाई सिंहले आफ्नो र श्रीमतीको खातामा राखेको अख्तियारको भनाइ छ । त्यसबेला प्रहरीले सांसद सिंहले प्रयोग गर्दै आएको विद्युतीय उपकरणसमेत कब्जामा लिएको थियो ।


