सिरहा प्रहरीको हिरासतमा रहेका अभियुक्त छुटाइ दिन्छु भन्दै ठगी गर्ने महतो प्रहरीको फन्दामा

लहान । सवारी ज्यान मुद्दा मिलाइदिन्छु भन्दै ठगी गर्ने एकजना सिरहाबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाको विष्णुपुर गाउँपालिका–१, गौरीपुरका प्रमोद कुमार महतो छन् ।

सिरहाका प्रहरी प्रवक्ता डिएसपी विरेन्द्र पासवानका अनुसार, महतोमाथि सवारी ज्यान मुद्दामा संलग्न व्यक्तिलाई हिरासतबाट छुटाइदिन्छु भन्दै पीडित पक्षसँग ठगी गरेको आरोप छ ।

सिरहा नगरपालिका–१६, माडर बस्ने ४८ वर्षीया रानी देवी यादवकी जाहेरीका आधारमा अनुसन्धान अघि बढाइएको हो ।महतोले असार २७ गते बिहान ११ बजे रानी देवीसँग उनका छोरा विवेक यादवलाई प्रहरीले छोडिदिने आश्वासन दिँदै एक लाख ७० हजार रुपैयाँ ठगी गरेको डिएसपी पासवानले जानकारी दिनु भयो ।

विवेक यादव सवारी ज्यान मुद्दामा संलग्न भई जिल्ला प्रहरी कार्यालय सिरहाको हिरासतमा थिए।

जाहेरीको आधारमा प्रहरीले म्यादको लागि अदालतमा पेश गरेको र सिरहा जिल्ला अदालतबाट ४ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

प्रमोद महतोलाई सोमबार साँझ ६ बजे पक्राउ गरि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..