गैरपत्रकारको नाममा ठगी, नेपाल पत्रकार महासंघ सिरहाको कडा चेतावनी

सिरहा । नेपाल पत्रकार महासंघ सिरहा शाखाले केही गैरपत्रकार व्यक्तिहरूले आफूलाई पत्रकारको रूपमा चिनाउँदै जिल्लाभित्र विभिन्न सरकारी तथा गैरसरकारी कार्यालय, व्यापारिक संस्था, होटल, लज, प्रहरी चौकी लगायत स्थानहरूमा ठगी तथा डरधम्की दिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

पत्रकार महासंघ सिरहा शाखाको अध्यक्ष मनोज बनैता द्वारा द्वारा हस्ताक्षरित जारी सार्वजनिक सूचनामा भनिएको छ, “गैरपत्रकार व्यक्तिहरूले आफू महासंघसँग आबद्ध भएको झूठो दाबी गर्दै, कार्यसमिति सदस्यहरूलाई दाइ, काका वा मामा भन्दै सामाजिक भ्रम फैलाउने र पीडितहरूसँग रकम असुली गर्ने जस्ता गतिविधि गरेको गुनासोहरू प्राप्त भएका छन्।”

महासंघले यस्ता कार्यहरूलाई अत्यन्त निन्दनीय र गैरकानुनी भन्दै पत्रकारिता क्षेत्रको मर्यादा र विश्वसनीयतामाथि आँच पुर्‍याउने उल्लेख गरेको छ।

सार्वजनिक सूचनामार्फत महासंघले सरोकारवाला सबै पक्षहरूलाई यस्ता भ्रम फैलाउने तत्वहरूबाट सजग रहन आग्रह गर्दै, यस्ता व्यक्तिहरू देखिए वा फेला परेमा तत्काल प्रहरी वा महासंघलाई जानकारी गराउन अनुरोध गरेको छ। महासंघले यस्ता अवैध र अनैतिक कार्यमा संलग्नहरूलाई कानुनी दायरामा ल्याउने प्रतिवद्धता पनि व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..