आईजीपी दिपक थापाको प्रमुख आतिथ्यमा कमाण्डो तालिमको दीक्षान्त समारोह सम्पन्न

काठमाडौं । नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय, जर्गाह नवलपरासी पश्चिममा सञ्चालित दशौं समूहको प्रहरी विशेष कला तथा कारवाही (कमाण्डो) तालिमको दिक्षान्त समारोह सम्पन्न भएको छ।

प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाको उपस्थिति मंगलबार समारोह सम्पन्न भएको हो । समारोहमा आईजीपी थापाले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्दै उनीहरुको कठोर परिश्रम, अनुशासन र समर्पणको प्रशंसा गरे ।

उनले नेपाल प्रहरीको क्षमता अभिवृद्धि गर्न यस्ता विशेष तालिमहरू महत्वपूर्ण रहेको उल्लेख गर्दै सिकेका सीपहरू व्यावहारिक रूपमा लागू गर्नुपर्नेमा जोड दिए ।

नेपाल प्रहरी युक्ति तालिम महाविद्यालयमा आयोजित उक्त तालिममा प्रहरी कर्मचारीहरूलाई विशेष शारीरिक तथा मानसिक दक्षता अभिवृद्धि गराउने उद्देश्य राखिएको थियो ।

तालिम अन्तर्गत विभिन्न उच्चस्तरीय सुरक्षात्मक प्रविधि, विशेष कारवाही क्षमता, शारीरिक सहनशक्ति तथा आपतकालीन अवस्थामा आवश्यक पर्ने रणनीति सिकाइएको थियो।

दशौं समूहको कमाण्डो तालिम १०५ जनाले सम्पन्न गरेका छन् । प्रहरी निरीक्षक ६ जना, प्रहरी सहायक निरीक्षक १५ जना र प्रहरी जवान ८४ जना गरी कुल १०५ जनाले निकै कठिन मानिने कमाण्डो तालिम लिएका हुन् ।

कार्यक्रममा अतिरिक्त महानिरीक्षक (एआईजी), प्रहरी नायव महानिरीक्षक (डीआईजी), प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी), उपरीक्षक (एसपी), तालिमका प्रशिक्षक तथा प्रहरी अधिकारीहरू उपस्थित रहेका थिए । दिक्षान्त समारोहका अवसरमा प्रशिक्षार्थीहरूले सिकेका सीपहरू प्रदर्शन पनि गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..