दलित परिवारको उठीबास लगाउने अध्यक्ष शिवजी यादवलाई स-सम्मान थुनामुक्त गर्नुपर्ने जसपा नेपालको माग, अन्यथा आन्दोलनमा उत्रिने चेतावनी

सिरहा । जनता समाजवादी पार्टी (जसपा) नेलाल सिराहा जिल्लाका अध्यक्ष अशोक कुमार यादवले औरहीको गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्व वडा अध्यक्ष दिलिप यादवलाई स–सम्मान थुनामुक्त गरिनुपर्ने माग गरेका छन् ।

प्रमुख जिल्ला अधिकारीलाई आज ज्ञापन पत्र बुझाउँदै शिवजी यादवसहित पक्राउ परेकाहरुलाई स–सम्मान थुनामुक्त नगरिए आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका छन् । उनले आन्दोलनबाट उत्पन्न हुने विषम परिस्थिती र क्षतिको जिम्मेवारी जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सम्बन्धित सरोकारवालाहरुले लिनुपर्नेसमेत बताएका छन् ।

औरही–५ मा महायज्ञ लगाउने नाममा दीपक मलिक (डोम) को घरवार भत्काइएको थियो । मलिकको परिवार त्यो ठाउँमा विगत ३० वर्षदेखि बस्दै आएको र ५ वर्षअघि मात्र ‘जनता आवास कार्यक्रम’ अन्तर्गत उक्त घर बनाएर बसोबास गर्दै आएको बताइएको छ ।

‘शिवजी यादवलगायतका व्यक्तिहरुमाथी राजनीतिक प्रतिशोधका कारण कपोलकल्पित रुपमा छुवाछुतको मुद्दालगाई प्रताडित गरि थुनामा राखेको हुँदा जनता समाजवादी पार्टी नेपाल, सिरहाको गम्भीर ध्याणाकर्षण भएको छ । तसर्थ उक्त झुठा आरोपमा गा.पा.अध्यक्ष जस्तो मर्यादित व्यक्ति लगायत अरु व्यक्तीहरु र ती व्यक्तिहरुले चढि आएको मोटरसाइकल समेत भित्र राखेको हुँदा नीज अध्यक्ष लगायत सम्पूर्ण गिरफ्तार गरिएका व्यक्तिहरुलाई अविलम्ब स–सम्मान थुना मुक्त गर्न जसपा नेपाल, सिराहा जोडदार माग गर्दछ,’– ज्ञापन पत्रमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..