पूर्वआईजिपी सिंहद्वारा दशैंको शुभकामना व्यक्त

काठमाडौं । पूर्वआईजिपी धिरज प्रताप सिंहले बडा दशैंको शुभकामना व्यक्त गरेका छन् । शनिबार बिहान शुभकामना सन्देश जारी गर्दै पूर्व प्रहरी महानिरीक्षक सिंहले सबै नेपालीलाई दसैँको अवसरमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा दीर्घायूको कामना गरेका छन् ।बडा दशैंले विकृति, विसंगति अन्त्य गर्दै सामाजिक सद्भाव, एकता, मेलमिलाप र भ्रातृत्वको अभिवृद्धि गर्न सबैलाई प्रेरित गरोस् भन्ने कामना उनले गरेका छन् ।

पूर्व प्रहरी महानिरीक्षकको शुभकामना सन्देशमा भनिएको छ, ‘सबै नेपालीलाई आआफ्नो क्षेत्रबाट न्यायि र समानता सहितको आर्थिक समृद्धि प्राप्त गर्ने सामर्थ्य प्राप्त होस् भन्ने कामना गर्दछु ।’

बडा दशैंमा मान्यजनप्रति श्रद्धा र सम्मान स्वतस्स्फुर्त अभिव्यक्त हुन प्रचलनले यसको महत्व रहिआएको भन्दै सिंहले परम्परागत रुपमा हर्षोल्लासका साथ मनाइने यस्ता पर्वले भौगोलिक, सांस्कृतिक र भाषिक विविधताबीच रहेको मौलिकतालाई थप सुदृढ गर्ने विश्वास पनि उनले व्यक्त गरेका छन् ।

उनले भनेका छन्, ‘बडा दशैं पर्वको संरक्षण एवं सम्वर्द्धनबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान र गहिरो प्रेमको भावना जागृत गर्न सहयोग पुग्छ भन्ने मलाई लागेको छ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..