उपरथी सिलवाललाई सैनिक गुप्तचर प्रमुखको जिम्मेवारी

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले सहायक रथी सुदर्शन सिलवाललाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।बिहीबार सैनिक मुख्यालयमा आयोजित एक कार्यक्रममा प्रधानसेनापति शर्माले सहायक रथी सिलवाललाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

सिलवाल चैत्र २४ गते उपरथीमा बढुवा भएका थिए ।
बढुवा भएका उपरथी सिलवाल सैनिक गुप्तचर ईन्टेलिजेन्स महानिर्देशनालय (ईन्टेलिजेन्स कोर) को महानिर्देशकमा नियुक्त भएका छन् ।

सेनामा सैनिक गुप्तचर (इन्टिलेन्स कोर) लाई निकै महत्त्वपूर्ण मानिन्छ ।कार्यक्रममा प्रधानसेनापति शर्माले महासेनानी दर्जामा पदोन्नती भएका ३ (तीन) जना प्रमुख सेनानीहरुलाई पनि पदोन्नती भएको दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..