निर्वाचन भयरहित र निष्पक्ष हुन्छ : प्रहरी महानिरीक्षक सिंह


जनकपुर । नेपाल प्रहरीका प्रमुख, प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचन भयरहित र निष्पक्ष हुने बताएका छन् ।

जनकपुरधाममा मंगलबार आयोजना गरिएको प्रदेशस्तरीय अपराध अनुसन्धान समिक्षा गोष्ठीलाई सम्बोधन गर्दै सिंहले भने, ‘भयरहित र निष्पक्ष निर्वाचनको वातावरण बनाउनु नै प्रहरीको एक मात्र उदेश्य हो ।’


अपराध अनुसन्धानको सवालमा अनुसन्धान गर्ने, अभियोजन गर्ने र न्याय निरुपण गर्नेबिच कहिलेकाही एक अर्कालाई आक्षेप लगाउने काम हुने गरेको भन्दै तिनै निकायबिचको समन्वय राम्रो हुनुपर्ने बताए ।
उनले अपराध अनुसन्धानलाई सहज बनाउन नै यो गोष्ठीको आयोजना गरिएको उनले बताए ।

पछिल्लो समयमा धेरै अपराध प्रविधिसँग जोडेर हुन थालेको भन्दै उनले प्रदेशस्तरमै साइबरसम्बन्धी उजुरी दर्ता गर्ने व्यवस्था मिलाउन प्रदेशका गृह तथा संचार मन्त्रीसँग आग्रह गरे ।

अपराध अनुसन्धान ब्युरो प्रमुख एआईजी उत्तमराज सुवेदीले पहिला अपरिचित व्यक्तिबाट अपराध हुने भए पनि अहिले चिनजानकै व्यक्तिबाट हुन थालेको बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..