नेपाल प्रहरीका ८ डीएसपीकाे काज


काठमाडौं । प्रहरी प्रधान कार्यालयले मंगलबार सरूवा गरेका १ सय ३१ र पदस्थापन भएका ३४ नायब उपरीक्षक (डीएसपी) मध्येबाट आठजनाकाे काज सरूवा गरेकाे छ।


प्रहरी मुख्यालयले ईलाका प्रहरी कार्यालय बनेपाकाे स्तराेन्नतीसँगै त्यहाँ डीएसपी रेशम बाेहराकाे काज सरूवा गरेकाे छ। नेपाल प्रहरी शिक्षालय भरतपुरबाट मंगलबार नेपाल प्रहरी अपराध अनुसन्धान कार्यालय दरबन्दी कायम गरिएका डीएसपी रेशम बोहरालाई ईलाका प्रहरी कार्यालय बनेपामा खटाइएको छ ।


त्यस्तै डिएसपी गोविन्द पन्थीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, विजय श्रेष्ठ जिल्ला प्रहरी कार्यालय सर्लाही, विजयराज पण्डितलाई जिल्ला प्रहरी कार्यालय चितवन, होमबहादुर थापालाई प्रहरी केन्द्रिय कार्यालयको सुपरिवेक्षण तथा अनुगमन शाखा, डीएसपी अन्जना श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय काभ्रे, गौरव महतलाई केन्द्रीय कार्यालयको सुपरिवेक्षण तथा अनुगमन कार्यालय, छिरिङ किप्पा लामालाई बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयमा काज सरुवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..