नेपाल प्रहरीका ६५ डीएसपीले लगाए दर्ज्यानी चिह्न

काठमाडौं । नेपाल प्रहरीका ६५ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) हरूले दर्ज्यानी चिह्न लगाएका छन् ।

बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले उनीहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

दर्ज्यानी चिह्न पाउनेहरूमा साउन २ गते बढुवा सिफारिस भएका जनपदतर्फका ३४ र विभिन्न मितिमा बढुवा सिफारिस भएका सञ्चार, कम्प्युटर, संगीत, स्वास्थ्य र विधिविज्ञानतर्फका गरी ३१ जना छन् ।

साउन २ गते बढुवा सिफारिस भएका जनपदतर्फका ३४ डीएसपीको बढुवाविरुद्ध प्रहरी निरीक्षक विशाल भारतीले बढुवा समिति सचिवालयमा उजुरी दिएका थिए । सोही कारण उनीहरूले दर्ज्यानी चिह्न पाउन ढिला भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..