काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डीआईजी) टेकप्रसाद राईले पाएका छन् ।हालका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विष्णुकुमार केसीको सरुवा भएपछि प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले डीआईजी राईलाई उक्त जिम्मेवारी दिएका हुन् ।
प्रतिआतंकवाद र विध्वंसात्मक गतिविधिबारे अनुसन्धान गर्ने विशेष ब्यूरोमा लामो समयसम्म काम गरेका राई चर्चामा नआइ काम गर्ने अधिकृतहरु मध्येमा पर्छन् । उनीले पत्रकारिता विषयमा स्नातकोत्तर अध्ययन गरेका छन् ।
केन्द्रीय प्रहरी प्रवक्ताको रुपमा प्रहरी काम, कारबाही र सूचना प्रवाहलाई व्यवस्थित ढंगले लैजाने राईले बताए । उनले भने, ‘आमजनसरोकारका विषयमा यथाशिघ्र सूचना प्रवाह गर्न भूमिका खेल्नेछु ।’


