केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी डीआईजी राईलाई


काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डीआईजी) टेकप्रसाद राईले पाएका छन् ।हालका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विष्णुकुमार केसीको सरुवा भएपछि प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले डीआईजी राईलाई उक्त जिम्मेवारी दिएका हुन् ।

प्रतिआतंकवाद र विध्वंसात्मक गतिविधिबारे अनुसन्धान गर्ने विशेष ब्यूरोमा लामो समयसम्म काम गरेका राई चर्चामा नआइ काम गर्ने अधिकृतहरु मध्येमा पर्छन् । उनीले पत्रकारिता विषयमा स्नातकोत्तर अध्ययन गरेका छन् ।


केन्द्रीय प्रहरी प्रवक्ताको रुपमा प्रहरी काम, कारबाही र सूचना प्रवाहलाई व्यवस्थित ढंगले लैजाने राईले बताए । उनले भने, ‘आमजनसरोकारका विषयमा यथाशिघ्र सूचना प्रवाह गर्न भूमिका खेल्नेछु ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..