प्रधान सेनापति स्वदेश फिर्ता


काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्मा अमेरिकाबाट स्वदेश फर्किएका छन् । नेपाली सेना शान्ति स्थापनार्थ खटिएका विभिन्न द्वन्द्वग्रस्त मुलुक र अमेरिका भ्रमणमा रहेका शर्मा आइतबार स्वदेश फर्किएका हुन् ।

शर्मालाई जंगी अड्डामा बलाधिकृत रथी बालकृष्ण कार्की र रक्षा सचिव किरणराज शर्माले स्वागत गरेका थिए । उनले असार ४ देखि ८ गतेसम्म लेबनान, असार ८ देखि ९ गतेसम्म सिरिया र त्यसपछि अमेरिका भ्रमण गरेका थिए ।

विभिन्न समयमा हुने उच्चस्तरीय भ्रमणले द्वन्द्वग्रस्त मुलुकहरुमा शान्ति स्थापनार्थ खटिएका नेपाली शानित सैनिकको भूमिका र हौसला अभिवृद्धि हुने नेपाली सेनाले बताएको छ ।

अमेरिकाको भ्रमणबाट नेपाली सेना र अमेरिकी सेनाबीच विगतदेखि रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्ध सुदृढ हुनुका साथै दुई पक्षीय हित एवं पारस्परिक सम्बन्धलाई सुमधुर बनाउन महत्वपूर्ण सावित सेनाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..