डीआईजीमा बढुवा भएका प्रहरी अधिकारीलाई आईजीपी सिंहद्धारा दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । नेपाल प्रहरीमा नायब महानिरीक्षक (डीआईजी) मा बढुवा भएका प्रहरी अधिकारीलाई आज दर्ज्यानी चिह्न प्रदान गरिएको छ । बढुवा भएका पदाधिकारीलाई प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

गृह मन्त्रालयले गत ८ असारमा प्रहरीका १७ जना वरिष्ठ उपरीक्षक (एसएसपी) हरुलाई नायब महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस गरेको थियो ।

बढुवा समितिको बैठकले उपत्यका अपराध अनुसन्धान कार्यालयको नेतृत्व गरिरहेका एसएसपी वसन्तबहादुर कुँवरलाई पहिलो नम्बरमा र चारैजना महिला एसएसपीसहित १७ जनाको बढुवा सिफारिस गरेको थियो ।

बढुवा हुनेहरुमा दोस्रोमा टेकप्रसाद राई, तेस्रोमा अशोक सिंह, चौथोमा दीपक थापा र पाँचौंमा श्यामलाल ज्ञवाली छन् । यस्तै किरण बज्राचार्य छैटौं, सातौंमा यसअघिको बढुवामा पहिलो नम्बरमा रहेका सन्दीप भण्डारी छन् ।

बढुवा हुनेहरुमा क्रमशः सुदीप गिरी, मीरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र अन्तिममा किरण राणा छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..