२४ वर्षीय गौमतीले जन्माइन् तिम्ल्याहा बच्चा,आमा र बच्चाको अवस्था सामान्य

कञ्चनपुर । जिल्लाको कृष्णपुर नगरपालिका–२ वाणिकी २४ वर्षीया गौमती कुँवरले तिम्ल्याहा बच्चालाई जन्म दिएकी छन् । गौमतीले बिहीवार राति ११ बजे माया मेट्रो अस्पताल दुई छोरा र एक छोरीलाई जन्म दिएकी हुन् ।

आमा र तिम्ल्याहा बच्चाको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार गौमतीले गर्भवती भएको सात महिनामै शल्यक्रियामार्फत् तिम्ल्याहा बच्चालाई जन्म दिएकी हुन् ।

शिशुहरूको तौल १.६, १.६ र १.५ किलो रहेको अस्पतालले जनाएको छ । प्रसूति व्यथाले च्यापेपछि गौमतीलाई हिजो साँझ मात्रै अस्पताल लगिएको थियो ।

सामाजिक सञ्जाल फेसबुकमार्फत् सयौंले तिम्ल्याहा बच्चालाई जन्म दिने गौमती र उनका श्रीमान् गणेशबहादुर कुँवरलाई बधाई दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..