प्रधान सेनापति शर्माद्वारा युनिफिल फोर्स हेडक्वाटर निरीक्षण

काठमाडौँ । यही असार ४ गतेदेखि युनिफिल मिसन लेबनानको निरीक्षण भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले युनिफिल मिसन लेबनानमा तैनाथ नेपबाट हेडक्वाटरको निरीक्षण भ्रमण गरेका छन् ।

सो क्रममा प्रधान सेनापति महारथी शर्माले उक्त हेडक्वाटरमा कार्यरत नेपाली शान्ति सैनिकहरुलाई सम्बोधन गरेका छन् । शान्ति स्थापना कार्यमा उत्कृष्ट योगदान पुर्‍याएका दुई जना नेपाली शान्ति सैनिकहरु र लामो समयदेखि लेवनानमा नेपाली सेना तथा नेपाली नागरिकहरुलाई सहयोग गरेका तीन जना लेवनानी नागरिकहरु गरी जम्मा ५ जनालाई उनीहरुले पुर्‍याएको योगदानको कदर स्वरुप ‘प्रधान सेनापति प्रशंसा निशान’ प्रदान गरेका थिए ।

प्रधान सेनापति महारथी शर्मा तथा भ्रमणदलका सदस्यहरुले सोमबार नै युनिफिल फोर्स हेडक्वाटर नाक्यूराको भ्रमण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..